


धनगढी । कञ्चनपुरमा अज्ञात समूहको कुटपिटबाट युवक घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका–५ को वन समितिमा २२ वर्षीय हरिश चन्दमाथि गएराति अज्ञात समूहले कुटपिट गरेको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले कुटपिटबाट घाइते भएका चन्दको धनगढीको केयरटेकर हस्पिटलमा उपचार भइरहेको जानकारी दिए । उनकाअनुसार कुटपिटमा संलग्न व्यक्तिको पहिचान भने खुलेको छैन् ।





घटनास्थलबाट एउटा मोटरसाइकल बरामद गरिएको छ । कुटपिटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






