चीन भ्रमणमा जानुअघि सभापति लामिछानेसँग रास्वपा टोलीको छलफल

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबारदेखि चीन भ्रमणमा जाने भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको हो । भ्रमणमा जानुअघि टोलीले शनिबार पार्टी सभापति रवि लामिछानेसँग उनकै निवासमा छलफल गरेको छ ।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले पनि चीन भ्रमणलाई नेपालको राष्ट्रिय हित र आर्थिक विकासका सम्भावना खोज्न उपयोग गर्न टोलीलाई निर्देशन दिएका थिए । शुक्रबार प्रधानमन्त्रीसँग भेट गरेका टोलीका सदस्यलाई उनले चीनबाट प्रविधि, व्यापार, पर्यटन र कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सकिने लाभबारे अध्ययन गर्न सुझाव दिएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटपछि रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले भ्रमणलाई घुमघाममा मात्र सीमित नराखी दुई देशबीचको सम्बन्ध र सहकार्य विस्तारमा उपयोग गर्न प्रधानमन्त्रीले आग्रह गरेको बताएका थिए ।

आचार्य नेतृत्वको प्रतिनिधिमण्डलमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटालगायत छन् ।

त्यस्तै, डा। धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा। राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि टोलीमा छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...