एक घरका ३ जना कुटपिट र अभद्र व्यवहार आरोपमा पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

रूपन्देही । पश्चिम नवलपरासीमा कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पाल्हीनन्दन गाउँपालिका–५ विष्णुपुराका ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय सिद्धेश्वर गुप्ता र २७ वर्षीय अजय गुप्ता छन् । उनीहरू एकै परिवारका हुन् ।

सोही स्थानका ४६ वर्षीया सावित्रीदेवी गुप्ता, २३ वर्षीया पूजा कुमारी गुप्ता लगायतलाई कुटपिट तथा हातपात गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लाठी तथा भाटासमेत प्रयोग गरी कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

पीडितको जाहेरीका आधारमा तीनै जनालाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको हो ।

जिल्ला प्रशासन कार्यालयबाट कात्तिक २५ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको नवलपरासीका डीएसपी मदन थापाले बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...