

काठमाडौं । सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबार पनि दिनसमेत सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सोमबार पनि सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो ।
यसअघि नेपाल सरकारले कात्तिक २९ गते आइतबार परेको छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत समापन गर्ने परम्परा रहिआएकाले भोलिपल्ट समेत सार्वजनिक बिदा दिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा उल्लेख छ ।
योसँगै छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार र ३० गते सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।

