कैलाली ५ मा निवर्तमान प्रदेश सभा सदस्य पन्तले गरे मतदान

cp new add
Nisharg hospital

४ मंसिर, धनगढी । सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान सदस्य डिल्लीराज पन्तले मतदान गरेका छन ।

Telecome

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धनका उम्मेदवार रहेका पन्तले त्रिनगर माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन ।

प्रदेशको अस्थायी राजधानी समेत रहेको निर्वाचन क्षेत्र नम्बर ५ मा १० जना प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन । यो क्षेत्रमा पूर्व मन्त्री नारदमुनि राना नेकपा एमालेबाट उम्मेदवार छन् भने पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार छन । यस्तै, निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्त गठबन्धनका उम्मेदवार हुन ।

क्षेत्र नम्बर ५ मा अन्य उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इश्वरी विष्ट, नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामी मगर, लोकतान्त्रिक समाजवादीका दानबहादुर विश्वकर्मा उम्मेदवार छन ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा गगनबहादर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्याय पनि स्वतन्त्र उम्मेदवार छन । कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ ७८ उम्मेदवार छन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...