कार्डमा ओलीले बरखी बारेको फोटो राखेको भन्दै एमाले प्रतिनिधिको गुनासो

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौँ । नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिहरूको कार्डमा प्रतिनिधिको फोटो नराखेर अध्यक्ष ओलीको फोटो राखेको भन्दै केही प्रतिनिधिहरूले गुनासो गरेका छन् ।

आजबाट काठमाडौँको कार्की ब्याक्वेटमा सुरु हुने एमालेको दुई दिने राष्ट्रिय भेलामा सहभागी हुने प्रतिनिधिहरूको कार्डमा अध्यक्ष ओलीको बरखी बारेको (सेतो कपडा लगाएको) तस्बिर राखिएको छ भने कार्डमा प्रतिनिधिको नाममात्र लेखिएको छ ।

प्रतिनिधिहरूले सबै कार्डमा ओलीको बरखी बारेको फोटो राखेर सिङ्गो एमालेले बरखी बारेको जस्तो सन्देश दिन खोजेको गुनासो समेत गरेका छन् । ‘कार्डमा प्रतिनिधिको फोटो हुनुपर्ने अध्यक्ष ओलीको राखिएको छ । त्यसमा पनि सेतो कपडा लगाएको छ ।

यसले सिङ्गो एमालेले बरखी बारेको जस्तो सन्देश दिएको छ’, कार्की ब्याक्वेटमा भेटिएका एक प्रतिनिधिले भने, ‘ओलीकै फोटो राख्नु थियो भने पुरानो बरखी नबारेको फोटो राख्न पनि सकिन्थ्यो ।’

एमालेको भेलामा करिब ३५ सय प्रतिनिधि सहभागी हुँदैछन् । भेलामा अध्यक्ष ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी तथा उपाध्यक्षद्वय रामबहादुर थापा बादल र विष्णुप्रसाद पौडेलसहित महासचिव शङ्कर पोखरेलले अलग अलग कार्यपत्र पेस गर्दैछन् । स्थानीय निर्वाचन केन्द्रित भेलाले पार्टी एक ढिक्का भएको सन्देश दिने एमाले नेताहरूले बताएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...