
८ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा (१) र (२) मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घ बहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका हुन् ।
प्रदेशसभा (१) मा सोडारीले १३ हजार ४८९ मतसहित प्रतिद्धन्द्धी नेकपा एमालेका भीम देउवालाई पराजीत गरे । देउवाले ९ हजार ४२३ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ५६ छ । यो क्षेत्रमा ३१ हजार ५७४ मत खसेको थियो ।
प्रदेशसभा (२) मा नेपाली कांग्रेसका बम एमालेकै हरीसिंह साउदलाई ५१६ मतलले पछि पार्दै विजयी भएका हुन् । बमले १२ हजार ४७३ मत प्राप्त गरे भने साउदले ११ हजार ९५८ मत पाएका छन् ।
यो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति बिरबहादुर बलायर विजयी भइसकेका छन् । एमालेका लेखराज भट्टलाई पराजीत गर्दै उनी विजयी भएका हुन् ।

