press
po

डडेल्धुरामा डिउटीमा खटिएका प्रहरीमाथि हातपात, दुई जना पक्राउ

cp new add
Nisharg hospital
dhanga
Rubic

१८ साउन, धनगढी  । डडेल्धुरामा डिउटीमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

sanjiwan
Nisharg
Nav

डडेल्धुरा अस्पतालमा डिउटीमा खटिएका प्रहरी सहायक हवलदार र प्रहरी जवानमाथि हातपात गरेको आरोपमा नवदुर्गा गाउँपालिका–५ का शमशेर विष्ट र उत्तम विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक उमाकान्त जोशीले डडेल्धुरा अस्पतालमा मादक पदार्थ सेवन गरेर होहल्ला गरेपछि सम्झाइबुझाइ गर्ने क्रममा प्रहरीमाथि नै हातपात गरेपछि दुवै जनालाई पक्राउ गरिएको जानकारी दिए ।

HAMRO DAIRY

उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...