धनगढीको निसर्ग हस्पिटलमा सिद्धार्थ बैंकलाई स्वास्थ्य सेवामा छुट

cp new add
Nisharg hospital
suchana

१९ माघ, धनगढी । धनगढीको निसर्ग हस्पिटलले सिद्धार्थ बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ ।सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवालिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन ।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तिर्थराज पन्त र सिद्धाथ बैंकका शाखा अधिकृत नितेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।  दुवै पक्षबिच २०७९ माघ २० गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ ।

निजीक्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवाप्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवद्र्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलिकृत सेवादिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवाउपलव्ध गराउँदै आएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...