कैलालीमा पनि भूकम्पको धक्का

Seti
arth ok

४ भदौ, धनगढी । कैलालीमा पनि भुकम्पको धक्का महसुस गरिएको छ । बाँके केन्द्रविन्दु बनाएर गएराति १ बजेर २८ मिनेटतिर गएको ४.८ म्याग्नेच्युडको भूकम्प धक्का कैलालीसम्म महसुस गरिएको हो ।

Nisharg hospital

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार भूकम्पको धक्का बाँके, कैलालस्हित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए । भुकम्पको धक्का महसुस भएपनि क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

HPV

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जिल्लामा भौतिक तथा मानवीय क्षति भएको विवरण प्राप्त नभएको जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...