धनगढीको चिया कफी घरमा अबदेखि बिरामीलाई निःशुल्क चिया र सस्तोमा खाना

Nisharg hospital
krishi add

१० जेठ, धनगढी । धनगढीको मालपोत रोडमा रहेको चिया कफी घरले अस्पतालमा भर्ना भएका बिरामी र ज्येष्ठ नागरिकलाई निःशुल्क चिया खुवाउने भएको छ ।

बुधवारबाट चिया, कफी र नास्तासँगै नेपाली खाना समेत बिक्री गर्न थालेको चिया कफी घरले जोरायली बासमती चामलको भातसहितको शाकाहारी खाना १८० रुपैयाँमा उपलब्ध गराउने चिया कफी घरका सञ्चालक खेमराज जोशीले जानकारी दिए ।

swostik

उनकाअनुसार बिरामीबाट भने खानाको एक सय रुपैयाँ मात्र लिइनेछ । कोराना महामारीपछि चिया कफी घर सञ्चालनमा ल्याएका जोशीले घरको जस्तै खाना उपलब्ध गराउने उदेश्यले सादा र चिकेन खाना खुवाउन सुरू गरेको बताए ।

ग्राहकहरूको रुचिलाई ध्यानमा राखेर चिया कफी “घरबाट घरको जस्तै खाजा र घरको जस्तै खाना“ को स्वाद पाउनेछन् । धनगढीमा स्वादिष्ट मट्का चिया, कफी र अन्य खाजाका परिकार बिक्री हुँदै आएकोमा अबदेखि भने घरकै स्वादमा नेपाली खाना उपलब्ध हुनेछ ।

जोरायली बासमती चामलको भात, दाल, लोकल चिकेन, थारु आलु र पहाडे आलुको तरकारी, मही, अचार र नेपाली सलाद खानामा राखिएका छन्। चिकेन खानाको भने ३५० मूल्य निर्धारण गरिएको छ ।

शुद्ध दुधमा टाटा गिल्ड चियापत्तीको मट्का चिया बनाउँदै आएका जोशीले खानासँगै भक्तपुरे जुजुधौ बनाउन थालेका छन् । जुजुधौको स्वाद लिन र सदैव एकै स्वादको खाना सुपथ मूल्यमा दिन खाना प्रदान गर्ने सेवा सुरू गरिएको उनले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...