

१८ जेठ, धनगढी । धनगढीकोे सौभाग्य अस्पतालले ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उपचार तथा विभिन्न सेवामा विशेष छुट दिने भएको छ । बिहीबार ऐश्वर्य बहुमुखी क्याम्पस र सौभाग्य अस्पतालबीच भएको सम्झौताअनुसार विद्यार्थीहरुलाई छुटमा उपचार गराउने सहमती भएको हो ।
जसअनुसार विद्यार्थीले ओपीडी शुल्कमा २५ प्रतिशत, समान्य बेड र क्याबिनमा २०-२० प्रतिशत, आईसीयू र एनआईसीयू बेडमा १५ -१५ प्रतिशत, जनरल सर्जरीमा १५ प्रतिशत, प्याथोलोजी सेवामा २५ प्रतिशत, इन्डोस्कोपी, एक्सरे सेवामा १५ प्रतिशत र मेडिसिनमा ५ प्रतिशत छुट पाउने भएका छन् ।
विद्यार्थी मात्र नभएर उनीहरुका परिवारका सदस्यहरुलाई समेत विशेष छुटको व्यवस्था गरिएको छ । परिवारका सदस्यले समान्य बेडमा १५ प्रतिशत, क्याबिनमा १० प्रतिशत, आईसीयू र एनआईसीयू बेडमा १० -१० प्रतिशत, जनरल सर्जरीमा १० प्रतिशत, प्याथोलोजी सेवामा १५ प्रतिशत, इसिजी, इकोमा १० प्रतिशत र मेडिसिनमा ५ प्रतिशत छुट पाउने भएका छन् ।

