धनगढीमा खुल्यो ‘रिफ्ट’, मात्र डेढ लाखमा फेसन डिजाइन सिकाउने

cp new add
Nisharg hospital
suchana

७ असार, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अब डेढ लाख रुपैयाँमै फेस डिजाइन कोर्ष गर्न पाइने भएको छ । धनगढीमा सञ्चालनमा आएको राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजीले १५ महिने फेसन डिजाइन कोर्ष डेढ लाख रुपैयाँमा सिकाउने भएको हो ।

धनगढी उपमहानगरपालिका–२ को एसपीए क्याम्पस नजिकै सञ्चालनमा ल्याइएको टेक्नोलोजीले सुुदूरपश्चिममै पहिलो पटक फेसन डिजाइन सम्बन्धी कोर्ष पढाउने बिहीबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजीकी सञ्चालक दिप्ती शाहीले फेसन डिजाइन सम्बनधी १५ महिने डिप्लोमा कोर्ष सञ्चालन गरिने बताइन् । उनकाअनुसार डिप्लोमा कोर्ष अन्तरगत नै फेसन डिजाइन कम्टिसन, साइड भिजिट, प्रेरणादायी कक्षा र आत्मविश्वास बढाउने लगायत कुराहरू सिकाउने टेक्नोलोजीको योजना रहेको छ ।

फेसन डिजाइन सम्बन्धी तालिम जुुनसुकै तहको अध्ययन गरेका विद्यार्थी, युवा तथा महिलाहरुले लिनसक्नेछन् । यो तालिम सिक्न सुदूरपश्चिमबाट भारत तथा संघीय राजधानी काठमाडौं जानुपर्ने बाध्यतामा रहेका व्यक्तिहरुलाई लक्षित गरेर धनगढीमै सञ्चालनमा ल्याइएको हो ।

कोर्ष अन्तरगत विद्यार्थीलाई ५० प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत सैद्धान्तिक कक्षा दिइनेछ । दैनिक साढे दुई घण्टा सम्म कक्षा सञ्चालन गरिने शाहीले बताइन् । फेसन डिजाइनिङ कोर्षका लागि कुनै पनी शैक्षिक प्रमाण पत्रको आवश्यकता पर्ने छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...