

५ साउन, धनगढी । नेपाल एसबिआई बैंक र इन्डियाको नोइडास्थित जेपी हस्पिटल बीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड प्रयोगकर्ता ग्राहकलाई हस्पिटलको ओपिडि र आइपिडी सेवाहरूमा विशेष छुट हुने भएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा हस्पिटलका प्रतिनिधि अभिषेक स्वाँरले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

