अब नवजिवन अस्पतालमा यूरोलोजिस्ट र न्यूरोलोजिस्टको उपचार सेवा पूर्णकालिन

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । धनगढीको नवजिवन अस्पतालमा अबदेखि यूरोलोजिस्ट र न्यूरोलोजिस्टको उपचार सेवा पूर्णकालिन रुपमा सञ्चालनमा आएको छ । विगतमा हप्ताको एक दुई दिन मात्रै उपचार सेवा दिदै आएकोमा अस्पतालमा बिशेषज्ञ डाक्टर आएसँगै दैनिक पूर्णकालिकन रुपमा सो सेवा सुचारु हुने भएको हो ।

‘हाम्रो अस्पतालमा यो सेवा पहिले देखी नै सञ्चालनमा थियो तर हप्ताको एक दुई दिन मात्रै सो सेवा दिइन्थ्यो,’ अस्पतालका सिइओ चक्र खडायतले भने, ‘अब उक्त रोगसम्बन्धीका बिशेषज्ञ डाक्टर आइसकेका छन् । यो महिनादेखी बिशेषज्ञ डाक्टर आइसकेकाले दैनिक र पूर्णकालिकन रुपमा उपचार सेवा दिइनेछ । अब बिरामीले बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता पनि हट्नेछ ।’

उनकाअनुसार अब नियमित रुपमा कन्सल्टेन्ट न्यूरोलोजिस्ट डाक्टर दुर्गा पण्डीतले किड्नी सम्बन्धी समस्या, मुत्र रोग, पिसाब नलीमा देखीने समस्या, पिसाबमा ढुङ्गा अड्कीएको लगायतको समस्याको उपचार गर्नेछन् । यस्तै, कन्सल्टेन्ट न्यूरोसर्जन डाक्टर सन्देश दाहालले  टाउको सम्बन्धी समस्या, दुर्घटनामा परेर टाउकोमा रगत जमेको, ट्युमर, टाउकोमा जुका रहेको, नसा च्यापिएको उपचार सेवा पुर्णकालिन दिनेछन् ।

नवजिवन अस्पतालमा अहिले डाक्टर राजु बिष्टले फिजिसियन सेवा, डा. बिदुरमणि ढकालले अर्थोमा, डा. जयराम केसीले गाइनो, डा.विक्रम हिराचनले पेडियामा, जनरल सर्जनमा डा. गोविन्द तिवारी, रेडियोलोजिस्ट डा. मनिन्द्र मानन्धर, एनेस्थेसियामा डा.सञ्जीव रञ्जितकारले उपचार सेवा दिइरहेका छन् । हाल फिजियोथेरापिसहित आइसियु, एनआइसियु र डायलासिस १० १० बेडमा रहेको नवजिवन अस्पताल १०० शैयामा स्तरोउन्नती गरी सञ्चालनमा रहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...