press
po

धनगढीको एसपीएमा रिडर्स च्यालेन्ज घोषणा, धेरै पढ्नेले नगद पुरस्कार पाउने

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित धनगढीको एसपीए कलेजले एसपीए रिडर्स च्यालेन्ज घोषणा गरेको छ । च्यालेन्जमा सर्वाधिक किताब पढ्ने पाठकहरुले नगद पुरस्कार पनि पाउने भएका छन् ।

sanjiwan
Nisharg

पाठकले आफूसँग भएका वा किनिएका जुनसुँकै पुस्तक पनि पढ्न पाउनेछन् । अथावा एसपीए कलेजको लाइब्रेरीबाट किताब लिएर पनि पढ्न पाइनेछ । तोकिएको अवधिमा आफूले पढ्ने वा पढिरहेका पुस्तकहरुको सुची क्याम्पसमा बुझाउनुपर्नेछ र अवधि समाप्त भएपछि पढेका पुस्तकहरु बारे छोटो समिक्षा लेख्नुपर्ने क्याम्पस प्रमुख योगराज गौतमले बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

‘राजालाई देशमा पुजिन्छ भने विद्धानलाई संसारमा पुजिन्छ भन्ने पुर्खाहरुको भनाई छ,’ गौतमले भने, ‘विद्धान, सभ्य, समझदार नागरिक उत्पादन गर्न पठन संस्कृतिको विकास हुन आवश्यक छ । सोही कुरा मध्यनजर हामीले यो च्यालेन्ज घोषणा गरेका हौं ।’ गौतमका अनुसार विद्यार्थी, अभिभावक, पेशाकर्मी जो सँकैले पनि यो अभियानमा सहभागिता जनाउँन सक्नेछन् ।
यो अभियान यही भदौं ८ गतेदेखि मंसिर ८ गतेसम्म चल्नेछ । पाठकहरुले सो अवधिमा आफूले पढेका पुस्तकहरुको सुचि र ती पुस्तकको बढीमा ३०० शब्द नबढाई समिक्षा लेख्नुपर्नेछ । त्यसका आधारमा विजेता घोषणा गरिने गौतमले बताए ।

HAMRO DAIRY
Nav

च्यालेन्जको विजेताले ५ नगदसहित प्रमाणपत्र, उपविजेताले ३ हजार नगदसहित प्रमाणपत्र र तेस्रो हुनेले २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

स्थापनाको २६ वर्ष मनाइरहेको धनगढीको एसपीए कलेजमा ३५ सय बढी विद्यार्थीहरु अध्ययनरत् छन् । तीनवटा भवनहरुबाट सञ्चालित कलेज सुदूरमा त्रिविबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै ठूलो मध्येको एक हो । यसवर्ष समेत गरेर कलेजले लगातार तेस्रोपटक देशभरिकै उत्कृष्ट कलेज भित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान पाएको थियो ।

कलेजमा सेन्ट्रल डिजिटल ब्रोडकास्टिङ सिस्टम जडित छ । जसको माध्यमले एकैपल्ट कलेजभरि नै सुचना सम्प्रेषण गर्न सकिन्छ । सी ब्लक पूर्णतया एसीयुक्त छ । डिजिटल ब्रोडकास्टिङ सिस्टमसँगै प्रविधिमैत्री सिकाई र अध्ययनका लागि एसपीएले निःशुल्क डेडिकेटेड वाइफाई जोनकोे निर्माण गरेको छ । यसरी कर्पोरेट नेट जडान गर्ने सुदूरमा एसपीए पहिलो कलेज हो । मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप छ । जहाँबाट विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकालवाला निकायले चाहेका सुचना क्लिकका भरमा पाउन सक्छन् ।

प्रोजेक्टर र साउण्ड सिस्टमसहित कक्षा कोठासँगै आधुनिक ल्याब, लाइब्रेरी, सेमिनार हल छ । एचएम र बीएचएमका लागि सुदूरपश्चिममै एकमात्रै छुट्टै किचेन ल्याब छ । आफ्नै बेकरी क्याफे , रेष्टुरेन्ट छ । विद्यार्थीहरु अध्ययनसँगसँगै त्यही रोजगारी गरिरहेका छन् ।

टाढाबाट आउने विद्यार्थीका लागि होस्टल तथा यातायातको सुविधा छ । सरकारले तोकेका छात्रवृत्तिबाहेक एसपीएमा विभिन्न १४ वटा विशेष छात्रवृत्तिहरु उपलब्ध छन् । यसवर्षमात्रै सुदूरपश्चिम र कर्णालीका प्रदेशका हरेक जिल्लाका दुई दुई जना विद्यार्थी गरि ३८ जना विद्यार्थीलाई निशुल्क पढाउँने घोषणा गरेको छ । यो स्नातक तहमा पनि लागु छ । त्यसबाहेक अन्तर्राष्ट्रिय खेलाडीहरु शतप्रतिशत छात्रवृत्तीमा अध्ययनरत छन् ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...