ब्याजदर घट्दा पनि सेयर बजारमा उच्च गिरावट

cp new add
Nisharg hospital

काठमाडौं । मंसिर महिनामा अधिकांश वाणिज्य बैंकहरुले कात्तिकको तुलनामा निक्षेपको ब्याजदर घटाए ।

Nast Ad

निक्षेपको ब्याजदर घट्दा तिहारपछि खुल्ने सेयर बजारले बढोत्तरीको लय समात्ने धेरैको अनुमान थियो । सामान्यतः ब्याजदर घट्दा सेयर बजार बढ्ने सिद्धान्त छ । तर, तिहारलगत्तै खुलेको बजार सोमबार जम्मा १ अंक मात्रै बढेकोमा मंगलबार भने सेयर बजार उच्च अंकले घटेको छ ।

मंगलबार एकै दिन सेयर बजार २३.८२ अंकले घटेर १८२९ विन्दुमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । सोमबार १ अर्ब ९ करोडको कारोबार भएकोमा मंगलबार ९५ करोड ४ लाखमा सीमित भयो ।

कुल ३१ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ५ को स्थिर रह्यो । माइक्रोफाइनान्स र उत्पादन उपसमूह सबैभन्दा धेरै घटेका छन् । माइक्रोफाइनान्स २.८९ र उत्पादन उपसमूह ३।१२ प्रतिशत घटे । होटल तथा पर्यटन उपसमूह २.६ प्रतिशत घट्यो ।

अंकका आधारमा वाणिज्य बैंक समूह ६, विकास बैंक ३१, फाइनान्स २५, होटल तथा पर्यटन १२९, जलविद्युत् २७, जीवन बीमा ११९, उत्पादन १५२, माइक्रोफाइनान्स ९७, निर्जीवन बीमा १३४, अन्य २४ र व्यापाार उपसमूह २९ अंक घटे ।

मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१ प्रतिशत बढ्यो । त्यस्तै बीपीडब्लू लघुवित्तको मूल्य ७.५, सयपत्री हाइड्रोपावरको ५.१, सिंगटी हाइड्रोको ३.६ प्रतिशत बढ्यो ।

माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । महिला लघुवित्तको ८.४, उपकार लघुवित्तको ७.४, नेस्डो लघुवित्तको ७.२ प्रतिशतले मूल्य घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

ब्याजदर घट्दा पनि किन घट्यो बजार ?

बजार घट्नुको मुख्य कारण धेरै कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरण खराब आउनु र बुधबारदेखि हुन गइरहेको दुई समूहको आन्दोलन मुख्य कारक रहेको बताउँछन् जय शम्भो इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष अजयसिंह थापा ।

‘सूचीकृत करिब आधा कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरण नै खराब आयो, जसले गर्दा ती कम्पनीप्रति लगानीकर्ता केही डराए, यसले बजार झार्नमा मुख्य योगदान पुग्यो’ उनले भने ।

अर्को कारण भनेको बुधबारदेखि हुन लागेको व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले नेता महेश बस्नेत नेतृत्वको छुट्टाछुट्टै आन्दोलनले नकारात्मक भाव विकास भएको उनको भनाइ छ ।

‘ब्याजदर घट्दा बजार बढ्नुपर्ने नै हो, तर आन्दोनको नेतृत्व गरेका एक व्यक्तिले वित्तीय संस्थाहरुको ऋण नतिर्ने, सबै वित्तीय संस्था डुब्छन् भन्ने जस्ता अराजक भाषण दिँदै हिँडेका छन् यसले गर्दा लगानीकर्तामा केही नकारात्मक भाव विकास भएको छ’ थापाले भने ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...