


धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा टिडी बंगलामुखी रबर बेण्ड उद्योग सञ्चालनमा आएको छ ।
आइतवारदेखि सकुन्तला कुँवर र शिला देवी पालको संयुक्त लगानीमा उद्योग सञ्चालनमा आएको जनाइएको छ ।
रबर उद्योगको औपचारिक उद्घाटन उनकी आमा समाजसेवी महेश्वरी देवी कठायतले रिबन काटेर समुद्घाटन गरेकी थिइन ।
१२ लाख बढीको लगानीमा स्थापित उद्योगले पाँच जना महिलालाई रोजगार बनाएको जनाइएको छ ।
सञ्चालक सकुन्तला कुँवरले आगामी दिनहरुमा ब्यापार बढ्दै गए थप रोजगार सृजना गर्दै जाने बताइन् ।
महिला दिदि बहिनिहरुले कपालमा बाँध्ने रबर बलियो, सस्तो र सबै प्रकारका रबर उत्पादन गर्ने सञ्चालक कुँवरले बताईन् ।
धनगढी र अत्तरिया बजारलाई मध्यनजर गरेर सो व्यवसाय सञ्चालनमा ल्याएको उनले बताइन् ।

