press
po

सेयर बजार ६ महिनायताकै उच्च, कारोबार रकम ८ अर्ब नाघ्यो

cp new add
Nisharg hospital
dhanga
Rubic

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार अघिल्लो कारोबार दिनको तुलनामा २.५७ प्रतिशतले बजार बढेको छ । ५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा कायम भएको छ ।

sanjiwan
Nisharg

नेप्सेको यो अंक साउन ८ यताकै उच्च हो । सो दिन नेप्से २२ सय विन्दु पुगेको थियो । कारोबार रकम पनि ८ अर्ब नाघेको छ । यो कारोबार रकम करिब दुई वर्ष अर्थात २०७८ माघ २० यताकै उच्च हो ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

कुल २१४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने २ को स्थिर रह्यो । यस दिन सबै समूहहरु बढेका छन् । बैंकिङ २.०३, विकास बैंक २.६३, फाइनान्स ४.७५, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर ३.५१, लगानी ३.७०, जीवन बीमा १.७८, उत्पादन २.४९, माइक्रोफाइनान्स ३.०२, निर्जीवन बीमा १.९२, अन्य २.६२ र ब्यापार समूह २.१५ प्रतिशत बढे ।

HAMRO DAIRY

यस दिन बुटवल पावर कम्पनी, युनाइटेड मोदी, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल वेयरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माथिल्लो तामाकोसी, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, निफ्रा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमाल दोलखा हाइड्रोपावर र अपी पावर क्रमशः अगाडि रहे ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...