press
po

नवजीवन अस्पतालले १८ औँ वार्षिकोत्व मनायो, थप सेवा विस्तार

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । सुदुरपश्चिम प्रदेशमा निजी स्तरको लगानीबाट सञ्चालीत नवजीवन अस्पताल धनगढी आज १८ औँ वर्ष पुरा गरेको छ ।

sanjiwan
Nisharg

धनगढी वडा नम्बर ४ उत्तर बेहडीमा रहेको नवजीवन अस्पताल २०६२ साल फाल्गुन १७ गते स्थापना भई हालसम्म निरन्तर बिषेशज्ञसहित स्वास्थ्य उपचारका सेवा प्रदान गरिरहेको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

स्थापना कालमा १५ शैयाको अस्पतालको स्वीकृती लिई २०६८ सालबाट स्वास्थ्य सेवा बिभागबाट ५० शैयाको सञ्चालन स्वीकृती लिएको नवजिवनले २०७९ असोजदेखी १०० शैयाबाट उपचार सेवा प्रदान गरिरहेको छ ।

HAMRO DAIRY

१०० शैयाबाट उपचार सेवा प्रदान गरिरहेको अस्पताललाई थप २ सय बेडमा लैजाने योजना रहेको मेडिकल डाइरेक्टर डा।बिदुरमणी ढकालले जानकारी दिएका छन्।

निजी लगानीबाट संचालन भएको अस्पताल भएतापनी नवजिवनले सामाजिक उत्तरदायीत्व अनुरुप नेपाल सरकारसंगको सहकार्यमा ठुला/साना गरी स्थापना काल देखी नै ठुलो संख्यामा स्वास्थ्य शिवीर संञ्चालन गर्दै आएको जनाएको छ।

अस्पतालले आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम क्षयरोगको बिरामीको निशुल्क औषधी वितरण लगायतको कार्य गर्दै आएको जनाएको छ । यस्तै नवजिवन अस्पतालमा २० भन्दा बढी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको अस्पतालका सिइओ चक्र खडायतले जानकारी दिएका छन्।

स्वास्थ्य उपचार सहितको सेवा थपिदै गएको नवजिवनमा बिरामीको पनी आकर्षण बढ्दै गएको छ । नवजिवन अस्पतालबाट पछिल्लो एक बर्ष अवधीमा ५२ हजार ६ सय ३७ बिरामीले सेवा लिएको जानकारी दिए। जस अनुसार आर्थिक बर्ष २०७९ फाल्गुण देखी २०८० माघ मसान्त अवधीमा इमरजेन्सीबाट ४ हजार ९ सय ५४ जना बिरामीले उपचार सेवा पाएका छन् ।

Nav

यस्तै बहिरंगबाट ३० हजार ३ सय ४६ बिरामी, अन्तरंगबाट ४ हजार ५१३, शल्यक्रिया ९मेजर, ईन्टरमिडियट, माईनर०बाट २ हजार १३०,निः शुल्क सुत्केरी सेवा लिएका १ हजार ४६३ बिरामीले सेवा लिएका छन् । यस्तै निः शुल्क खोप सेवा लिएका बालवालीकाको संख्या २ हजार ८९४ जना, जेष्ठ नागरीक,अति विपन्त, गरिव ५ सय ७५ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन्।

यस्तै अस्पताल भित्र तथा विभिन्न स्थानमा संचालीत श्वास्थ्य शिविर मार्फत विरामीले निःशुल्क सेवा लिएको बताइएको छ। श्रीपुर स्वास्थ्य चौकी, बेलौरी कंचनपुर संग सम्झौता गरी २ हजार १५० जनाले निःशुल्क विशेषज्ञ सेवा पाएका छन्।

गौरी गंगानगरपालीका चौमालासंग सम्झौता गरी चौमाला र मसुरीया स्वास्थ्य चौकीवाट ८ सय ५५ जनाले निःशुल्क विशेषज्ञ उपचार सेवा, लायन्स क्लब अफ धनगढी सिटी,धनगढी एभरेष्ट, धनगढी भिजन संगको सहकार्यमा अमरबस्ती, कंचनपुरवाट ७१ जनाले निःशुल्क विशेषज्ञ उपचार सेवा, अस्पताल परिसर भित्रबाटै नियमित रुपमा प्रदान गरिएको निःशुल्क विशेषज्ञ, अन्तरंग तथा अन्य सेवा लिने विरामीको संख्या २ हजार ४४ जना रहेको जनाएको छ ।

अस्पतालबाट प्रदान भैरहेका २० भन्दा बढी स्वास्थ्य सेवामा प्रत्येक दिन बरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,प्रसुती तथा महिला रोग,बालरोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जन,मानसिक तथा स्नायु,पेट छाती तथा मुटुरोग बिशेषज्ञ प्रत्येक दिन रहेका छन्।

यस्तै बरिष्ठ एनेस्थेशियोलोजिष्ट एवं क्रिटीकल केयर सेवा,बरिष्ठ छाला चर्मरोग,एलर्जी,यौन गुप्तरोग तथा सौन्दर्य बिशेषज्ञ,नाक कान तथा घांटी रोग, युरो सर्जन तथा मिनी पिसीएनएल प्रत्येक दिन सेवा प्रदान गरिरहेको छ । बरिष्ठ न्युरो सर्जन,स्पाईन सर्जन,दन्तरोग तथा बरिष्ठ म्यावजोफिशियल सर्जन,बरिष्ठ फिजीयोथेरापिष्ट प्रत्येक दिन, बरिष्ठ नेफ्रोलोजि,डायलासिस बिषेशज्ञ हरेक शुक्रबार र शनिवार प्रदान गरिरहेको छ ।

बरिष्ठ मुटुरोग बिशेषज्ञ डि एम कार्डियोलोजी महिनाको १ पटक २ दिनसम्मकाठमाण्डौँका प्रतिष्ठत अस्पतालबाट तथा बरिष्ठ भास्कुलर सर्जनको टोलीबाट प्रत्येक महिनाको १ पटक २ दिनसम्म ओपिडी तथा फिष्टुलाको शल्यक्रिया, रेडियोलोजी सेवा अन्तरगत सिटी स्क्यान,फोर डि युएसजी इसिएचओ,टिएमटी, इन्डोस्कोपी र इसिजी प्रत्येक दिन,आइसियु एनआइसियु एसी क्याविन, डायलासिस प्रत्येक दिन आफ्नै २४ सै घण्टे फार्मेसी सेवा, एम्बुलेन्स सेवा र इमरजेन्सी सेवा २४ सै घण्टा उपलब्ध रहेको जानकारी गराएको छ।

आगामी दिनमा थप सेवा प्रदान गर्दै अस्पताललाई बिकास गरिने बताइएको छ। नवजिवन अस्पताल आज १८ औँ बर्ष पुरा गरेको अवसरमा बिरामीलाई फलफुल बितरण,रक्तदान लगायतका बिभिन्न कार्यक्रम भैरहेका छन्।

साथै अस्पतालबाट आजदेखी बिपन्न परिवारको बिरामीलाई नेपाल सरकारबाट सुबिधा प्राप्त निःशुल्क डायलाइसिस् सेवा प्रदान गरिने बताइएको छ।

विपन्न परिवारको बिरामीसहितको सिफारिस ल्याएमा निशुल्क उपचार सेवा प्रदान गरिने भएको हो। उक्त कार्य नवजीवन अस्पताल प्रा।ली। र सुदुरपश्चिम इन्टरनेशनल डायलास्सेन्टरको सहकार्यबाट सम्भव भएको हो।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...