अछाममा युवकको हत्या आरोपमा मेयरसहित ७ जना पक्राउ

Nisharg hospital
Airth Mantralaye

१९ असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोट शाही मृत भेटिएको घटनामा मेयर अम्बिका चलाउनेसहितका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

pradesh helath nirdesanalaye
gauriganga

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायम महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले घटनाको अनुसन्धानका लागि चलाउनेसहितका थप दुई जनालाई शनिबार अछाम प्रहरीले पक्राउ गरेको जानकारी दिए । तर उनीहरुलाई कुन ठाउँबाट पक्राउ गरिएको हो ? भन्ने कुरा खुलाइएको छैन । यो सँगै शाही मृत्यु प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पीडित पक्षले हत्या गरेको आरोप लगाउँदै मेयर चलाउने सहितका १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो ।

Dhangadhi bidhut

चलाउने अहिलेसम्म फरार थिइन् । प्रहरी स्रोतकाअनुसार उनलाई लुकेको अवस्थामा काठमाडौँबाट पक्राउ गरेर अछाम ल्याइएको हो ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए । शाहीको हत्या गरिएको भन्दै दोषीलाई पक्राउ गर्न माग गर्दै परिवारले ५ दिन सम्म घटनास्थलबाट शव उठाउन दिएको थिएन । प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि उनीहरु शव बुझ्न तयार भएका थिए ।

घटनाको विरोधमा नेकपा एमाले, मओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र विप्लव नेतृत्वको नेकपाले अछाममा आज र भोली सवारीसाधन बन्द गराएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...