press
po

धनगढीको आन्तरिक आम्दानीमा वृद्धि

cp new add
Nisharg hospital
dhanga
Rubic

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा वृद्धि भएको छ ।

sanjiwan
Nisharg

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका तथा प्रदेश राजधानी रहेको धनगढीको आन्तरिक आम्दानी झण्डै २८ करोड पुगेको छ । यो उपमहानगरपालिकाले लक्ष्य भन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

एक वर्षमा बढ्यो पाँच करोड ७३ लाख २५ हजार

HAMRO DAIRY

उपमहानगरपालिकाकाअनुसार हालै गरिएको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा आन्तरिक आम्दानी बढेको देखिएको हो ।

आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा यो उपमहानगरपालिकाको आन्तरिक आम्दानी २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ ५८ पैसा रहेको छ । धनगढीको आन्तरिक आयको प्रतिशत २२ दशमलव ८४ प्रतिशत पुगेको छ ।

Nav

केन्द्रबाट धनगढीले एक अर्ब २२ करोड २५ लाख ७९ हजार तीन सय ६७ रुपैयाँ अनुदान पाएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा यो उपमहानगरपालिको आन्तरिक आम्दानी २२ करोड १९ लाख २२ हजार पाँच सय २० रुपैयाँ नौँ पैसा रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा पाँच करोड ७३ लाख २५ हजार एक सय २९ रुपैयाँ ४९ पैसाले आन्तरिक आम्दानी बढाएको छ ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९-०८० मा २६ करोड ८८ लाख ४६ हजार आन्तरिक आम्दानीको लक्ष्य राखेकोमा २७ करोड ९२ लाख ४७ हजार ६ सय ४९ रुपैयाँ संकलन गरेको जनाएको छ । यो उपमहानगरपालिकाको २०७७/०७८ को आन्तरिक आम्दानी २० करोड ६९ हजार सात सय ४२ रुपैयाँ १६ पैसा रहेको थियो ।

आर्थिक वर्ष २०७९/०८० मा धनगढीले योजनासहित आन्तरिक आम्दानी बढाएको देखिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा धनगढीले एकीकृत सम्पत्ति र घरजग्गा करबाट चार करोड नौ लाख २८ हजार तीन सय ३२, घरजग्गा बहाल करबाट पाँच करोड ८७ लाख ३८ हजार नौ सय दुई रुपैयाँ २० पैसा, व्यवसाय करबाट तीन करोड ६३ लाख २२ हजार ९५, बहाल विरौटी शुल्कमा सात लाख २ हजार २ सय ८०, साना सवारी करबाट १० लाख ४६ हजार तीन सय ५० रुपैयाँ आम्दानी गरेको छ ।

त्यसैगरी, सरकारी सम्पत्ति बिक्रीबाट २ लाख ३२ हजार नौ सय ३१ रुपैयाँ, अन्य सेवा शुल्क वा बिक्रीबाट एक करोड २७ लाख ७० हजार सात सय ८१ रुपैयाँ संकलन भएको छ । शिक्षा क्षेत्रको आम्दानी १४ लाख ७५ हजार तीन सय ८५, पार्किङ शुल्कबाट ६४ लाख ५३ हजार नौ सय ९८, नक्सापासबाट २ करोड ९८ लाख २७ हजार पाँच सय १२, सिफारिस दस्तुरबाट २ करोड नौ लाख तीन हजार आठ सय ३२ रुपैयाँ आम्दानी गरेको छ ।

त्यसैगरी, व्यक्तिगत घटना दर्ताबाट १४ लाख २ हजार ६ सय ४०, नाता प्रमाणितबाट चार लाख ८३ हजार ६ सय ४०, अन्य दस्तुरबाट ७४ हजार, न्यायिक दण्डबाट ७७ हजार एक सय ७९, प्रशासनिक दण्डबाट १० लाख ४८ हजार चार सय ४४, अन्य राजस्वबाट पाँच करोड ८० लाख ६३ हजार तीन सय ५५ रुपैयाँ २६ पैसा र सरकारी सम्पत्तिको बाहालबाट ८७ लाख ६२ हजार पाँच सय ९२ रुपैयाँ आम्दानी भएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...