एसपीए स्टार्टअप फन्डको दोस्रो संस्करण घोषणा

Nisharg hospital
Bogtan

धनगढी । धनगढीको एसपीए कलेजले युवाहरूलाई उद्यमशील बनाउने र उनीहरूको नविनतम् सोचलाई यथार्थमा बदल्ने उद्देश्यसहित ‘एसपीए स्टार्टअप फन्ड–२०२४’ को घोषणा गरेको छ ।

नव–प्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कलेजले दोस्रो पटक १० लाख रुपैयाँको स्टार्टअप फन्डको घोषणा गरेको हो । एसपीए स्टार्टअप फन्डको पहिलो संस्करण अन्तरगत एसपीए कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययनरत छात्र मेखराज तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडिया छनौट भएको थियो ।

kmc
Nast
suklaphata

उनलाई कलेजले एसपीए स्टार्टअप फन्डको नियम अनुसार १० लाख रुपैयाँ प्रदान गरी सकेको छ । कुनै नयाँ विकास वा आविष्कारका लागि सुदूरपश्चिममा आफ्ना विद्यार्थीका लागि स्टार्टअप फन्ड स्थापना गर्ने एसपीए पहिलो कलेज समेत हो । एसपीए कलेजमा अध्ययनरत कुनै पनि विद्यार्थीले आफ्नो स्टार्टअप योजनाका लागि आवश्यक लगानी जुटाउन फन्डमा आवेदन दिन सक्नेछन् ।

आवेदन दिएका मध्ये कुनै एक प्रस्तावले आवश्यकता अनुसार १० लाख वा १० लाख बराबरका एक भन्दा बढी प्रस्तावहरूले रकम पाउन सक्नेछन् । युवाहरू को हरेक कुरा नयाँ ढङ्गबाट प्रस्तुत गर्न सक्ने क्षमताको कदर गर्दै यस्ता सोच भएका युवाहरूलाई अगाडि बढाउन साथ, हौसला र प्रेरणा मिलोस् भन्ने उद्देश्यले कलेजले स्टार्टअप फन्डको घोषणा गरेको बताउँदै फन्डका संयोजक मनोज भट्टले नवीन सोच, योजना, सपना र आइडियाहरूलाई यथार्थमा बदल्न उक्त कोषले मद्दत गर्ने बताए ।

घोषणा भएको स्टार्टअपका लागि आगामी असोज ६ गतेदेखि कार्तिक १५ गतेसम्म कलेजमा रहेको एसपीए इक्युबेसन सेन्टरको सचिवालय वा इमेल गुगल फर्म र फोन नम्बर ०९१–५२३०९२, ९८४३१५०५०४ मनोज भट्ट, ९८४२२४११३१ तारा प्रसाद रोकायामा फोन गरी विस्तृत जानकारी तथा प्रस्तावना पठाउन सकिनेछ।

एसपीए कलेजले युवाहरूको क्षमतालाई प्रोत्साहन गर्न पहिलेबाट नै लगानी गर्दै आएको छ । नबिल बैंकसँगको सहकार्यमा नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) कार्यक्रम लागु गरिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...