
२३ असोज, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बिरबहादुर बलायरले उम्मेदवारी दर्ता गराएका छन् । पूर्व मन्त्री समेत रहेका बलायरले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन् ।

बलायर नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँग प्रतिस्पर्धा गर्नेछन् । उनलाई नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समर्थन गरेको छ ।
गठबन्धनले डोटीमा प्रेमबहादुर आलेलाई उम्मेदवार बनाउदै बलायरलाई कैलाली–४ मा ल्याएको थियो । गठबन्धनको तर्फबाट प्रदेशसभा (क) मा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका प्रकाश बमले उम्मेदवारी दिएका छन् ।
