कैलाली ४ मा जोशीसहित ४ जनाले फिर्ता लिए उम्मेदवारी

Nisharg hospital

२६ असोज, धनगढी । कैलालीको क्षेत्र नम्बर ४ को ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता टिकादत्त जोशीले उम्मेदवारी फिर्ता लिएका छन ।

Navjiwan hospital adv

उनले प्रदेश सभा सदस्य प्रकाश बमलाई सहयोग गर्ने बताएका छन । यस्तै नेपाली काँग्रेसबाट बागी उम्मेदवारी दिएका खगेन्द्र चौधरी, राजेन्द्र जोशी र टेकबहादुर देउवाले पनि उम्मेवारी फिर्ता लिएको नेपाली काँग्रेस गोदावरी नगर कमिटी सचिव अशोकराज देवकोटाले जानकारी गराए ।

फिर्ता लिएका सबै उम्मेदवारले गठबन्धनलाई सहयोग गर्ने बताएका छन ।

तर सोही क्षेत्रको प्रदेश सभा ‘ख’ मै नेपाली काँग्रेसको बागि उम्मेदवार बनेकी भगवती पाठकले भने आफ्नो उम्मेदवारी फिर्ता लिएकी छैनिन ।

 

याे पनि हेर्नुस्
Loading...