कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

कञ्चनपुर। कञ्चनपुरमा खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–११ डोकेबजार चेकप्वाईन्ट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भिमबस्ती बस्ने २० वर्षीय निशान्त ढकाल, कैलालीको धनगढी उपमहानगरपालिका–३ तिल्केताल बस्ने १८वर्षीय किशोर र धनगढी उपमहानगरपालिका–१४ स्याउले बजार बस्ने १८ वर्षीय अर्का किशोरसहित तीन जना पक्राउ परेका छन्।

तिनै जनालाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।

यसैगरी भीमदत्त नगरपालिका–९ ब्रह्मदेब स्थित सोही ठाउँ बस्ने २० वर्षीय संजय लावड खैरो हेरोइनसहित पक्राउ परेका छन्। लावडलाई १ सय मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...