बैतडीमा ९ वर्षपछि एमालेका भण्डारी र माओवादीका कुँवर आमनेसामने

Dhangadhi

२८ असोज, धनगढी । २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा नेकपा एमालेका दामोदर भण्डारी  तत्कालीन एकीकृत माओवादीका नरेन्द्र कुँवरसँग पराजीत भए । सशस्त्र द्धन्द्धबाट भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीले त्यो बेला एमालेलाई पराजीत गरेपनि २०७० सालमा फेरी भण्डारीले उनै कुँवरलाई नराम्रोसँग हराएका थिए ।

Nisharg hospital

२०७४ सालको निर्वाचन भने चिरप्रतिद्धन्द्धी कुँवरले बैतडीमा भण्डारीका लागि मत मागे । कारण थियो एमाले र माओवादीबीचको बाम गठबन्धनमा बैतडी एमालेले पाएको थियो । पार्टी एकीकरणपछि बनेको नेकपामा सँगै काम गरेका उनीहरु अहिले पुनः पूर्ववतः अवस्थामा एमाले र माओवादी भएका छन् भने दुवै जना ९ वर्षपछि पुनः आमनेसामने भएका छन् ।

add krishi mela

अहिलेसम्मको प्रतिस्पर्धामा एक–एक पटक एकअर्कालाई हराएका र जितेका उनीहरु फेरी आमनेसामने भएपछि दुवैको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । पूर्व अर्थ राज्यमन्त्री पनि रहेका भण्डारी नेकपा एमालेका सुदूरपश्चिमका अध्यक्ष हुन् भने कुँवर माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य छन् ।

ok

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका कुँवरलाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले सघाउदा भण्डारी भने एक्लै चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो पार्टीको मतलाई जोगाउदै गठबन्धनको मत तान्ने रणनीति बनाएको एमालेले कुँवरलाई सहजै जित्न सकिने दाबी गरेको छ ।

एमालेको आत्मविश्वासको पछाडी गठबन्धनभित्रको चरम असन्तुष्टि, बागी उम्मेदवारी पर्नु, पटक पटक एउटै व्यक्तिलाई टिकट दिइनु जस्ता पक्ष कारक रहेको नेताहरु बताउँछन् । तर गठबन्धनले बागी उम्मेदवारलाई कारवाही गरिसकेकाले कुँवरकै जित सुनिश्चित भएको दाबी गरिरहेको छ ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा बैतडीमा एमाले सबैभन्दा ठूलो दल बनेको छ । एमालेका वडाध्यक्षका उम्मेदवारले ३५ हजार ४८ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवारले ३३ हजार ६८३, माओवादीकाले १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत पाएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...