धनगढीको पञ्च शक्ति सीड कम्पनी राष्ट्रिय स्तरमै उत्कृष्ट, १० हजारसहित पुरस्कृत

Nisharg hospital

२८ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको बीउ उत्पादक तथा वितरक संस्था पञ्च शक्ति सीड कम्पनीलाई राष्ट्रिय स्तरको उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ ।

धनगढी उपमहानगरपालिका– ६ मा सञ्चालनमा रहेको पञ्च शक्ति सीड कम्पनीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभागले ४२ औँ विश्व खाद्य दिवसको अवसरमा उत्कृष्टताको प्रमाणपत्रसहित पुरस्कृत गरेको हो ।

Navjiwan hospital adv

बिउ उत्पादक तथा वितरण कम्पनी अन्तरगत निजी क्षेत्रतर्फ पञ्च शक्तिलाई नगद १० हजार पुरस्कारसहित सम्मान गर्दै उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको हो । कम्पनीका सञ्चालक विष्णुराज बुर्लाकोटीले कृषि विभागले प्रदान गरेको पुरस्कार बुझेका थिए ।

पञ्च शक्ति सीड कम्पनीले विभिन्न तरकारी बाली, अन्नबाली र दलहन बालीको बिउ उत्पादन र वितरण गर्दै आएको छ भने लोप  हुने अवस्थामा रहेका बालीको बीउको संरक्षण गर्दै प्रवद्र्धन गर्ने काम पनि गर्ने गरेको छ ।

 

याे पनि हेर्नुस्
Loading...