ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

cp new add
Nisharg hospital

२९ असोज, डडेल्धुरा । डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ ।

Telecome

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।

‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ । यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिह्न लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ’ भनी राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ । गुल्मीका इन्जिनियर सागर ढकाल अहिले डडेल्धुराबाट चुनाव लडिरहेका छन ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...