सबैका समस्या संकलन गरेर प्रतिबद्धतापत्र तयार गर्छाैँ, एमालेका अध्यक्ष विष्टको भनाई

cp new add
Nisharg hospital
suchana

३० असोज, कञ्चनपुर । आईतबार एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल कञ्चनपुरको शाखाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै यहि आउँदो मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुरले सबै पेशा व्यवसायमा लागेका व्यक्तीहरुका समस्याहरु र सुझावहरु संकलन गरेर सबैका समस्या ५ वर्षभित्र पुरा गर्ने योजनाका साथ अगाडी बढ्ने एमालेका अध्यक्ष सुरेन्द्र विष्टले बताए ।

साथै कञ्चनपुरले जिल्लाका ३ वटै निर्वाचन क्षेत्र र ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा चुनावी प्रचार प्रचारका लागि मंसिर ४ लाई केन्द्रीत गरेर जिल्लाभरी नेताहरुलाई जिम्मेबारी दिएर खटाईसकेको बिष्टले बताए ।

एमालेका अध्यक्ष विष्टले जिल्लामा उपाध्यक्ष लक्ष्मी बुढा, क्षेत्र नं. १ मा केन्द्रीय सदस्य ईन्दु कडरिया (विष्ट), क्षेत्र नं. २ मा एमाले सल्लाहकार परिष्द सदस्य गोबिन्द कलौनी र क्षेत्र नं. ३ मा लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेलाई निर्वाचन परिचालन कमिटिको जिम्मेबारी दिइसकेको बताए ।

‘पार्टीले जिल्ला, संघीय तथा प्रादेशिक निर्वाचन क्षेत्रीय कमिटिमा जिम्मेबारी दिएको छ, ‘अध्यक्ष विष्टले भने, ‘अब पालिका र वडामा समेत जिम्मेबारी दिन्छौँ ।’ साथै उम्मेदबारहरु चुनावी काममा खटिए सँगसँगै सुुझाव संकलन गरिरहेको बताए ।
एमालेबाट निर्वाचन क्षेत्र २(ख) का उम्मेदवार समेत रहेका अध्यक्ष विष्टले दिर्घकालिन संचार नीति र योजना बनाउनका लागि पत्रकारसंग छलफल गरिएको बताउदै ‘हामी सदैव प्रेस स्वतन्त्रताको पक्षमा छौँ, ‘लामो समयदेखि प्रेसमा काम गरेका साथिहरुको समाजिक हितका लागि केही योजना पनि अघि बढाउँछौँ ।’

कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका जिल्ला इन्चार्ज तथा क्षेत्र ३ प्रतिनिधीसभा सदस्य उम्मेदवार निरुदेवी पालले पटक पटक एकै व्यक्ति, दोहोरिने कामबाट स्वयम पार्टीभित्रै विवाद चुलिने बताए । ‘हामीले राप्रपासंग पाटी एकता गरेका होईनौँ, ‘उनले भने, ‘राष्ट्रियता मिल्ने पार्टीसंग चुनावी कार्यगत एकता मात्रै हो ।’ कार्यक्रममा बोल्दै एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज राजेन्द्र सिह रावलले सत्ताधारीको राष्ट्रियता, सिद्धान्त र नैतिकता बिरोधी समुह भएको बताउदै उनले एमालेले राप्रपासंग गरेको गठबन्धन राष्ट्रियता रक्षाका लागि भएको दावि गरे ।

प्रेस चौतारी कञ्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मणदत्त पन्तको अध्यक्षतामा भएको कार्यक्रम चौतारीका सचिव मदन गिरीले संचालन गरेका थिए ।
प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जी भट्टले संगठन मार्फत पत्रकारको सुझाव संकलन गरेर पार्टीलाई कार्यान्यनका लागि दिने बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...