५ हजार घुससहित कम्प्युटर अपरेटर पक्राउ

Nisharg hospital
krishi add

३१ असोज, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको छ ।

swostik

अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार प्रशासन कार्यालयको मुद्दा शाखामा छापा मारी त्यहाँ कार्यरत यादवलाई सेवाग्राहीसँग लिएका ५ हजार रुपैयाँ घुससहित  रंगेहात पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेको बुझिएको पौडेलले बताए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...