डेढ लाखमा धनगढीका १६ वर्षीय किशोरले बनाए विद्युतीय मोटरसाइकल

Nisharg hospital
Airth Mantralaye

३१ असोज, धनगढी । धनगढी उपमहानगरपालिका–५ का एक किशोरले विद्युतीय मोटरसाइकल बनाएका छन् ।

pradesh helath nirdesanalaye
gauriganga

वडा नम्बर ५ को जाइ बस्ने १६ वर्षीय सोहन कैनीले ब्याट्रीबाट चल्ने विद्युतीय मोटरसाइकल बनाएका हुन् । उनी धनगढीको ऐश्वर्या विद्या निकेतनमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन, उनले उक्त मोटरसाईकल २ महिना १८ दिन लगाएर   बनाएको बताएका छन्

Dhangadhi bidhut

उनले बनाएको मोटरसाइकललाई चलाउनका लागि फिङ्गर प्रिन्ट र चाबी दुवै आवश्यक पर्ने बताइएको छ। उनका अनुसार मोटरसाइकलमा १ देखि १२७ फिङ्गरप्रिन्ट एड गर्न सकिने र  मोटरसाइकलमा १२ भोल्टेजका चार वटा ब्याट्री जडान गरिएका बताए ।

सोमबार धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नगर प्रमुख गोपाल हमालसहितका जनप्रतिनिधि र कर्मचारीको उपस्थितीमा कैनीले बनाएको विद्युतबाट चल्ने मोटरसाइकलको प्रर्दशन गरिएको छ । उनले सबैका सामू उक्त मोटरसाइकल चलाएर प्रदर्शन गरेका थिए ।

‘मोटरसाइकल बनाउन फलाम, हाफ मोटर, लाइट, तार लगायतका सामाग्रीको प्रयोग गरिएको उनको भनाई छ ।

उनले उक्त मोटरसाइकल इन्धन नभएर चार्ज गरेर चलाउन सकिने जनाए । एक पटक चोटी चार्ज गरेपछि ६० देखी ७० किलोमिटरसम्म गुडाउन सकिने जानकारी दिए । कैनीलाई मोटरसाइकल बनाउन कुल एक लाख ५० हजार रुपैयाँ खर्च भएको बताए । धनगढी उपमहानगरपालिका–५ को कार्यालयले सो मोटरसाइकल बनाउन कैनीलाई ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

वडा कार्यालयकै हौसलाले आफू मोटरसाइकल बनाउन सफल भएको उनी बताउँछन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...