कैलालीमा ४५००० मा एक कठ्ठा जग्गाको लोभ देखाएर युवकले कसरी १६ लाख ठगे ?

panchodaye

३१ असोज, धनगढी । कैलालीमा करीब १६ लाख असुलेर ठगी गरेको आरोपमा प्रहरीले दार्चुलाको  मार्मा स्थायी घर भएर गोदावरी नगरपालिका–९ को खुटिया बस्ने ३६ वर्षीय डम्बरबहादुर ठगुन्नालाई पक्राउ गरेको छ ।

Nast college

उनीमाथि तराइमा एक कठ्ठा जग्गा खरिद गरिदिने भन्दै ४५ लाख असुलेर नक्कली लालपुर्जा दिइएको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले ठगुन्नालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Nisharg hospital

ठगुन्नाले कसरी ठगे ?

दार्चुलाको मार्मा गाउँपालिकाको सिप्टी स्थायी घर भएका डम्बरबहादुर ठगुन्नाको चुरे गाउँपालिका–५ को मैतेटाडमा ससुराली घर पर्छ । ससुराली गएका बेला उनीसँग पीडित मध्येका खडकबहादुर पुनमगरको चिनजान भएको थियो । कामको खोजीमा रहेका पुनमगरलाई ठगुन्नाका जेठान नाता पर्ने एक जनाले ट्राभल एजेन्सीमा मासिक ३० हजार रुपैयाँ तलब पाउनेगरी जागिर लगाइदिने बताएपछि उनी गोदावरी नगरपालिका–२ को अत्तरिया आए ।

भारत जाने यात्रुहरु खोजेर आफूलाई दिएपछि मात्र तलब दिने भनेपछि पुनमगर काम गर्न थाले र यात्रुहरु ठगुन्नाको सम्पर्कमा लैजान थालेका थिए । ‘३० हजार रुपैयाँ तलब दिने भनेपछि म उहाँलाई भारत जाने यात्रु खोजेर जिम्मा लगाइदिने काम गर्थे तर दिनु भएन,’ पुनमगरले भने, ‘एक दिन उहाँले तिमी बाढी पीडित मान्छे तराईमा तिम्रो घर छैन । मलाई ४५ हजार रुपैयाँ दिएपछि एक कठ्ठा ऐलानी जग्गा खरिद गरिदिन्छु भन्नुभयो ।’

उनलाई ठगुन्नाले भनेको कुरामा विश्वास लागेको थिएन तर एकदिन एउटा लालपुर्जा देखाएर भूमी आयोगबाट यस्तै खालको लालपुर्जा पाइन्छ भनेपछि उनी पैँसा दिन राजी भए । ठगुन्नाले गौरीगंगा नगरपालिकाको झिलमा लगेर एक कठ्ठा ऐलानी जग्गा देखाएपछि पुनमगरले पैँसा दिएका थिए ।

पैँसा बुझाएको केही समयपछि गत वर्षको फागुन २४ गते लालपुर्जा पाइएपछि उनी तराईमा घरेडी किनेको भन्दै खुसी भए । त्यो कुरा गाउँका अरुलाई पनि शेयर गरेका थिए । त्यपछि गाउँका मानिसहरु उनको सम्पर्कमा आउन थाले र उनैले पैँसा लिएर ठगुन्नाबाट एक कठ्ठा जग्गाको लालपुर्जा लिएर गाउँलेहरुलाई बाडेका थिए ।

३५ जना स्थानीयबाट ४५ हजारको दरले पैँसा असुलेर लालपुर्जा पनि वितरण गरेपछि एकाएक ठगुन्ना सम्पर्क विहीन भए । त्यसपछि बुझ्दै जादा उनले दिएको लालपुर्जा नक्कली भएको खुलेको थियो ।

‘ठगुन्ना भागेर इन्डिया गएपछि शंका लागेको थियो । त्यसपछि मात्र ४५ हजार रुपैयाँ लिएर हामीलाई नक्कली पुर्जा दिएको कुरा थाहा भयो,’ पुनमगरले भने । पुनमगरले जग्गा खरिद गरेको देखेर नै आफूहरुले पनि तराई जग्गा भएकाले सस्तोमा एक कठ्ठा पाउने भनेपछि पैँसा दिएको पीडित बताउँछन् ।

चुरे गाउँपालिका–५ का ललबहादुर थापाले छिमेकी भाइले सस्तो मूल्यमा जग्गा पाइरहेको बताएपछि सहोदर भाइ दिपक थापा र तिलक थापासहितका गाउँले ४५ हजार बुझाएर लालपुर्जा बुझेको बताए । ‘गाउँकै भाईले ४५ हजारमा जमिन मिल्दैछ भनेपछि जसोतसो भएर पनि खरिद गरौँ भनेर उहाँलाई पैँसा दिएका थियौँ तर अहिले आएर ठगिएको कुरा थाहा भयो,’ थापाले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बस्ने सीता मगरले जग्गा नभएको व्यक्तिलाई एक कठ्ठा पाइने कुरा थाहा पाएपछि पैँसा बुझाएको बताइन् । तर उनले भने लालपुर्जा पाएकी छैनन् । ‘जग्गा जमिन नाम नभएकोहरुलाई एक कठ्ठा पाइदैछ भन्ने सुने । सुरुमा त विश्वास लागेको थिएन तर सबैले पैँसा हालेपछि मैले पनि दिएकी हुँ,’ मगरले भनिन् । पीडितहरुले नक्कली लालपुर्जा वितरण गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्दै आफूहरुले तिरेको पैँसा फिर्ता मागेका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...