डोटीको प्रशिक्षण स्थलका प्रमुख, प्रहरी निरीक्षक चन्द नगदसहित सम्मानित

Nisharg hospital

३१ असोज, धनगढी । डोटीमा रहेको नेपाल प्रहरीको प्रशिक्षण स्थल बुडरका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्द सम्मानित भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले उत्कृष्ट प्रहरी स्थल व्यवस्थापनतर्फ चन्दलाई प्रशंसा पत्र र नगदसहित सम्मान गरेको हो ।

Dhangadhi suchana

प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले धनगढीमा आयोजना गरेको कार्यक्रममा चन्दलाई प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर चन्दले नगदसहित प्रशंसा पत्र हस्तान्तरण गरेका हुन् ।

अनुगमन मूल्याङकनका क्रममा प्रशिक्षण स्थल व्यवस्थापनतर्फ उत्कृष्ट पाइएकाले उक्त योगदानको कदर स्वरुप प्रशंसा पत्र र नगदसहित सम्मान गरिएको नेपाल प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...