मंसिर ४मा हुने निर्वाचनका लागी बैतडीमा २१० मतदान केन्द्र हुने, ५ वटा केन्द्र थप

kmc

१ कार्तिक, बैतडी । बैतडीमा मंसिर ४को निर्वाचनलाई मध्यनजर गर्दै २१० मतदान केन्द्र हुने भएका छन ।

suklaphata

मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २०५ मतदान केन्द्र रहेको जिल्लामा पाँच वटा मतदान केन्द्र थप गर्दै २१० बनाइएको हो ।

जिल्लाका मणिलेक मावि गुरुखोला, शिवस्थली मावि जर्ग, दशरथचन्द नगरपालिका– ५ को कार्यालय पल्लाचौंडाली, पुर्चौंडीस्थित जनता मावि रौनालीचौर र मेलौलीस्थित कोटेश्वर आधारभूत विद्यालय केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला कारागारमा बैतडीमा पनि एउटा अस्थायी मतदान केन्द्र राखिने भएको छ । जिल्लामा १२९ मतदानस्थल रहेका छन् भने २१० ओटा मतदान केन्द्र भएका छन ्।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...