press
po

कैलाली–३ मा ह्याट्रिक गर्ने पूर्व मन्त्री चौधरीको दाउ

cp new add
Nisharg hospital
dhanga
Rubic

२ कात्तिक, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा पूर्व मन्त्री गौरीशंकर चौधरी ह्याट्रिक गर्ने दाउसहित चुनावी मैदानमा छन् । २०७० सालको दोस्रो संविधानसभा सदस्य र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जितेर दुई पटक मन्त्री भइसकेका गौरीशंकर चौधरी तेस्रो पटक चुनाव जितेर प्रतिनिधिसभा पुग्ने लक्ष्यसहित प्रचारप्रसारमा व्यस्त छन् ।

sanjiwan
Nisharg

दुवै पटक नेकपा माओवादी केन्द्रबाट टिकट पाएर चुनाव जित्दै कृषि मन्त्री र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका चौधरी यसपटक भने नेकपा एमालेबाट प्रतिस्पर्धामा छन् । २०७४ को चुनावमा एमाले र माओवादी गठबन्धनका साझा उम्मेदवार भएर जितेका उनी एकीकरणपछि बनेको नेकपा विभाजनपछि एमालेमै बसे भने अहिले एमाले सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज समेत छन् ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

चौधरीको ह्याट्रिक यात्रा रोक्न उनकै पूर्व सहकर्मी कृष्णकुमार चौधरी ‘कुन्दन’ गठबन्धनकातर्फबाट साझा उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि रहेका चौधरी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए । २०७२ मा माओवादीबाट विद्राह गरेर पूर्वप्रधानमन्त्री बाबुराम भट्टले गठन गरेको नयाँ शक्ति पार्टी, जनता समाजवादी पार्टी हुँदै हालै माओवादीमा फर्किएका उनीे गठबन्धनको बलमा चुनाव जित्ने लक्ष्य लिएर मैदानमा छन् । दुवै पूर्व सहकर्मीबीचको प्रतिस्पर्धा रोचक हुने ठानिएको छ ।

HAMRO DAIRY

तर उनीहरु दुवैलाई रोक्दै क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य जित्ने दाउमा नागरिक उन्मुक्ती पार्टीका गंगाराम चौधरी अघि सरेका छन् । २०५२ सालमा नेपाली कांग्रेसमा आवद्ध भएर क्षेत्रिय समितिमा बसेर काम गरिसकेको अनुभव भएका चौधरी २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टीमा सक्रिय थिए भने अहिले रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ती पार्टीको संस्थापक केन्द्रीय सदस्य छन् ।

उम्मेदवारको आ–आफ्नै दाबी

माओवादी केन्द्रका कृष्णकुमार चौधरीले आफू नै चुनाव जित्ने दाबी गरिरहेका छन् । उक्त क्षेत्रमा आफ्नो प्रतिस्पर्धी समेत नरहेको बताउने चौधरीले माओवादीबाट पटक पटक अवसर पाएका गौरीशंकर स्वार्थको राजनीतिमा लागेकाले जनताले परास्त गर्ने बताउँछन् ।

Nav

‘माओवादीबाट पटक पटक अवसर पाएका गौरीशंकर जी निहित स्वार्थ लागि सोही पार्टीमा गएर उम्मेदवार बन्नुभएको छ । कार्यकर्ताले उहाँलाई पत्याउदैन,’ चौधरीले भनेका छन्, ‘अर्को नागरिक उन्मुक्ती भन्ने पार्टीसँग राजनीतिक भिजन नै छैन । यो क्षेत्रिय पार्टी हो । यो कारण म सँग कोही पनि प्रतिस्पर्धी छैनन ।’

एमाले उम्मेदवार गौरीशंकर भने दुई पटक मन्त्री भएका बेला आफूले कैलाली ३ मा गरेको जनपक्षीय काम चुनाव जित्ने आधार भएको बताउँछन् । ‘मैले हिजोका दिनमा यहाँका जनतासँग रहेर काम गरेको छु । अहिले टुरिष्ट उम्मेदवार भएर यहाँ चुनाव लड्न आउनेलाई मतदाताले पत्याउदैनन् । उहाँलाई सरसम्मान बिदा गर्छन,’ चौधरीले भने ।

माओवादीका उम्मेदवार चौधरी कैलाली क्षेत्र नम्बर ४ को गौरीगंगा नगरपालिकाका बासिन्दा हुन् । भागबण्डाका क्रममा माओवादीले चौधरीलाई ३ नम्बरमा लगेर उम्मेदवार बनाएको हो । उनी आफूले गरेका काम नै चुनाव जित्ने मुख्य आधार भएको दाबी गर्छन् ।

‘विगतमा मैले सुरुवात गरेका काम पूरा गर्न पुनः मेरो उम्मेदवारी भएकाले चुनाव जित्नेमा ढुक्क छु, ’चौधरीले प्रेसपत्रसँग भने । आफू कृषि मन्त्री भएका बेला सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत यहाँको कृषि क्रान्तिमा उल्लेखनीय काम चौधरीको भनाइ छ ।

नागरिक उन्मुक्ती पार्टीका गंगाराम चौधरी पनि आफू चुनाव जित्ने दाबी गर्छन् । थारुसहित उत्पीडनमा परेका नागरिकको न्याय र अधिकारका लागि आफ्नो उम्मेदवारी भएको बताउँने चौधरीले पार्टीको मुख्य एजेन्डा नै टीकापुर राजबन्दीको रिहाइ भएको जनाए ।

‘हामी प्रतिनिधिसभामा पुगेपछि टीकापुर राजबन्दीको न्यायका लागि संघर्ष गछौँ । त्यति मात्र होइन थारु मात्रै नभइ उत्पीडनमा परेका सबै समुदायको न्याय र अधिकारका लागि लड्छौँ,’ चौधरीले भने । न्याय र अधिकार प्राप्तका निमित्त लड्ने शक्ति भएकाले आफूलाई मतदाताले विजयी गराउनेमा उनी आशावादी देखिन्छन् ।

३० बैशाखमा सम्पन्न स्थानीय तहको चुनावलाई हेर्दा यहाँ कांग्रेस सबैभन्दा ठूलो दल हो । उसका वडाध्यक्षका उम्मेदवारले २० हजार २४ मत पाएका छन् । दोस्रोमा रहेको माओवादी केन्द्रका उम्मेदवारले ११ हजार ५१४, एमाले उम्मेदवारले ११ हजार १७८, राप्रपाले ६ हजार ६६४ र नागरिक उन्मुक्ति पार्टीले ५ हजार २५८ मत पाएको छ ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...