कैलाली–५ मा २ सय जना एमाले प्रवेश

cp new add
Nisharg hospital

२ कत्तिक, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सत्तारुढ गठबन्धनको वडा निर्वाचन परिचालन समितिका सचिवसहित दुई जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

Telecome

धनगढी उपमहानगरपालिका– १ मा बाम लोकतान्त्रीक गठबन्धनको निर्वाचन परिचालन समितिका सचिव रामकुमार घिमिरेसहित दुई जना एमालेमा प्रवेश गरेका हुन् ।

एमालेको वडा कमिटिले आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका कैलाली इन्चार्ज नारदमुनी रानाले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

घिमिरेसँगै नेकपा माओवादी र नेकपा एकिकृत समाजवादी छोडेर दुई सय बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा इन्चार्ज रानासँगै प्रदेशसभा (२) का उमेदवार दुर्गाप्रसाद जोशी, प्रदेश सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रण बहादूर चन्द, जिल्ला उप सचिव लोकेन्द्र शाही लगायतको उपस्थिती रहेको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...