press
po

एमाले उम्मेदवार जोशीको अनाथ बालकदेखि पार्टी कमान्डरसम्मको यात्रा

उम्मेदवार प्रोफाइल

cp new add
Nisharg hospital
dhanga
Rubic

२ कात्तिक, धनगढी । नेकपा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) बाट उम्मेदवार छन् । ४ मंसिरमा हुने निर्वाचन जितेर जसरी पनि प्रदेशसभा सदस्य बन्ने लक्ष्यसहित चुनावमा होमिएका जोशी १२ बैशाख २०२५ मा डोटीको तत्कालीन भुमीराजमाण्डौँ गाविस–९ को फलेटी गाउँमा जन्मिएका हुन् ।

sanjiwan
Nisharg

बुवा पण्डित त्रिलोचन जोशी र आमा कमला जोशीको कोखबाट जन्मिएका जोशी पाँच वर्षको उमेरमा टुहुरो भए । २०३० सालमा उनका बुवा स्वर्गीए भए भने ३ वर्षपछि आमा कमला पनि स्वर्गीय भइन् । २०३९ सालसम्म डोटीकै वनपाखामा गाइ गोठालो बनेर स्कुल पढेका जोशीका दाजु चन्द्रप्रसाद काठमाडौँमा काम गर्दै आएका थिए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

दाजुले अध्ययनका लागि भन्दै जोशीलाई आफूसँगै काठमाडौँ लगेपछि उनीको जीवन फेरिन पुग्यो । उनले त्यहाँ कक्षा ६ देखि १० सम्मको अध्ययन गर्ने मौका पाए । सिद्धार्थ वनस्थली स्कुल बालुजुबाट २०४५ सालमा एसएलसी उत्र्तिण गरे । संयोग नै मान्नुपर्छ एसएलसी उत्र्तिण गरेपछि जोशी धनगढी फर्किए र ऐश्वर्या विद्या निकेतनमा शिक्षकको जागिर पाए । त्यो बेला एमालेका नेता महेश्वर पाठक ऐ्श्वर्या विद्या निकेतनको प्रिन्सीपल थिए ।

HAMRO DAIRY

उनकै सहयोगमा जोशी शिक्षक भए । जोशीले २०४८ देखि २०५३ सम्म धनगढीस्थित जेसिज एभरेष्ट इग्लिस स्कुलमा पनि शिक्षण गर्ने अवसर पाए । शिक्षणकै दौरानमा कैलाली बहुमुखी क्याम्पसमा आइ.ए र बी.ए.सम्मको अध्ययन सकेपछि जोशी पुनः स्नातकोत्तर अध्ययनका लागि काठमाडौँ हानिए । त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा एम.ए. सम्मको अध्ययन गरेका जोशी तत्कालीन समयमा कांग्रेस निकट नेपाल विद्यार्थी संघमा आवद्ध थिए ।

उनीसँग नेविसंघको त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्र इकाइ कमिटि अध्यक्ष भएर काम गरेको अनुभव पनि छ ।

अनी तय भयो एमालेको यात्रा

जोशी २०५४ सालमा नेकपा एमाले विभाजन भएका बेला कांग्रेसको राजनीति छाडेर एमालेमा प्रवेश गरेका थिए । त्यो बेलादेखि उनी एमालेको राजनीतिमा सक्रिय छन् । धनगढी उपमहानगरपालिका–२ का तत्कालीन वडा सचिव कुमारसिंह कडायत हुँदा उनी वडा कमिटि सदस्य थिए भने वडा कमिटि उपसचिव, सचिव नगर कमिटि सदस्य हुँदै जिल्ला कमिटिमा पुगेका थिए ।

Nav

जिल्ला कमिटि सचिवालय सदस्य, प्रचार प्रसार विभाग प्रमुख भएर काम गरिसकेका जोशी पार्टीको जिल्ला कमिटि उपसचिव हुँदै गत वर्ष पुषमा सम्पन्न भएको जिल्ला  अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।पार्टी अध्यक्षमा विजयी भएका रतनबहादुर थापालाई नेकपा एमालेले पदबाट हटाएपछि जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।

अहिले उनी एमाले कैलालीको कमान्ड सम्हालिरहेका छन् । निजी विद्यालयहरुको छाता संगठन नेशनल प्याबशन कैलालीका संस्थापक अध्यक्ष पनि भएर काम गरेका जोशीसँग विभिन्न सामाजिक संघसंस्थामा रहेर काम गरेको अनुभव समेत छ ।

उनी उक्त संस्थाको केन्द्रीय वरिष्ठ उपाध्यक्ष पनि भइसकेका छन् । जोशीले सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । करीब ३५ वर्ष धनगढीमै बसेर राजनीतिमा सक्रिय जोशी २०७४ सालमा धनगढी उपमहानगरपालिकाको मेयरका उम्मेदवार पनि थिए ।

जोशीलाई नै भोट किन ?

अहिलेस्म्म कुनै विवादमा नतानिएका जोशी अब्बल नेताका रुपमा सुपरिचित छन् । एमाले कैलालीको नेतृत्व गरिरहेका उनी विकास र समृद्धिका निमित्त आफूलाई प्रदेशसभा (२) का मतदाताले विजयी गराउनेमा ढुक्क रहेको बताउँछन् ।

‘मेरो निर्वाचन क्षेत्रमा धनगढी उपमहानगरपालिकाका ८ वटा वडा पर्छन । यी वडाका समस्या पहिचान गरेर समग्र विकास गर्ने पहिलो एजेन्डा हो,’ जोशीले प्रेसपत्रसँग भने, ‘व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको अवस्थामा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारको उचित व्यवस्था गर्ने अठोट मैले लिएको छु । त्यसैले मलाई मत दिएर जिताउनेमा आशावादी छु ।’

मतदाताले इमानदार राजनीतिज्ञ खोजिरहेका बेला त्यसको विकल्प आफू भएको जोशीको भनाई छ । सबैको अपनत्व हुनेगरी काम गर्ने बताउदै जोशीले भनेका छन्, ‘हामीले जित्नु भनेको देशले जित्नु हो । देशले जित्नु भनेको विकास र समृद्धिले जित्नु हो । त्यसैले यहाँका सचेत नागरिकले समृद्धिका लागि मत दिनुहुनेछ भन्ने विश्वास छ ।’ जोशीले गठबन्धनका उम्मेदवार प्रकाश देउवालाई लक्षित गर्दै बाहिरबाट आएका व्यक्तिलाई मतदाताले सरसम्मान चुनावबाट विदा दिने बताए ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुका पीए पनि रहेका भतिजा देउवालाई कांग्रेस प्रदेशसभा (२) मा गठबन्धनकातर्फबाट साझा उम्मेदवार बनाएका छ । जोशीसँग उनै देउवा प्रतिस्पर्धामा हुनेछन् ।

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...