दार्चुलामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

दार्चुला । दार्चुलामा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन्।

दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगर लास्सुखोला दोभान स्थित महाकाली नदिको किनाराबाट बझाङको दुर्गाथली गाउँपालिका–६ घर भई हाल दार्चुलाको महाकाली नगरपालिका–४ प्रेम शालिक स्थित कोठा गरी बस्ने ३५ वर्षीय शेरबहादुर महता र भारतको पिथौरागढ जिल्ला सिरखा, उत्तराखण्ड घर भई हाल भारतको धार्चुला बजार बस्ने २४ वर्षीय भासु बुढाथोकी पक्राउ परेका हुन्।

उनीहरु दुबै जनालाई नेपालबाट महाकाली नदी पार गरी भारत तर्फ भन्सार छली गरि लैजादै गरेको अन्दाजी ७९ हजार मूल्य बराबरको लेडिज कटराईज पाईन्ट, लेडिज ट्राउजर, कटराइज पाइन्ट लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो।

उक्त सामानसहित दुबै जनालाई सामुदायिक सेवा केन्द्र बाङगाबगर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलवार फेला पारी नियन्त्रण लिएको जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...