सशस्त्र प्रहरी गण दार्चुलाको प्रमुखमा एसपी विष्ट

Kailali hospital
Nisharg hospital

३ कात्तिक, धनगढी । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाको प्रमुखको जिम्मेवारी एसपी विष्टले पाएका छन् ।

सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँके दरबन्दी भएर सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियामा कार्यरत विष्टलाई हेडक्वाटरले दार्चुलास्थित गणको प्रमुखको जिम्मेवारी दिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम (१) को खण्ड (ग) र नियमावलीको नियम ३६ बमोजिम सशस्त्र प्रहरी महानिरीक्षकले उनलाई काजमा खटाएको हो । बिहीबार दार्चुला पुगेर विष्टले गणको कमाण्ड सम्हाल्ने तयारी गरेका छन् ।

Navjiwan hospital adv

दार्चुलाका तत्कालीन सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट राशन घोटाला काण्डमा मुछिएपछि हेडक्वाटर तानिएका थिए । विष्ट हेडक्वाटर तानिएपछि डीएसपीले गणको कमाण्ड सम्हालिरहेका थिए । एसपी विष्टले सशस्त्र प्रहरी कर्मचारीलाई विदामा छाडेर राशनमा घोटाला गरिरहेको आरोपसहितका समाचार सञ्चार माध्यममा सार्वजनिक भएका थिए ।

मिडियालाई झुठ्ठा सूचना दिएर संगठनको बदनाम गर्न खोजेको भन्दै गणमै कार्यरत सशस्त्र प्रहरी जवान नरेशसिह साहुविरुद्ध एसपी विष्टले विशेष अदालतमा मुद्दा दायर गरेका थिए ।

उनले दार्चुलाका एक जना पत्रकारलाई सशस्त्र प्रहरी कर्मचारीको हाजिरी सम्बन्धी विवरण मात्र पठाएको भएपनि एसपी विष्टले हातहतियार सम्बन्धी सूचना चुहाएको आरोपमा मुद्दा दायर गरेका थिए तर साहुले भने गत बुधबार सशस्त्र प्रहरीको विशेष अदालतबाट सफाइ पाइसकेका छन् ।

एसपी विष्टमाथि सशस्त्र प्रहरीको हेडक्वाटरले छानविन गरिरहेको छ ।

याे पनि हेर्नुस्
Loading...