वन मुद्दामा फरार कञ्चनपुरका एक जना ३१ वर्षपछि पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

कञ्चनपुर । वन मुद्दामा फरार कञ्चनपुरका एक जना ३१ वर्षपछि पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०५१ पुस ५ गतेको फैसलाले वन मुद्दामा ३ महिना कैद सजाय र ५ हजार १४४ रुपैँया जरिवाना तोकिएपछि फरार रहेका कृष्णपुर नगरपालिका४ गुलरिया बस्ने ७२ वर्षीय कर्ण देव धिक्तलाई प्रहरीले पक्राउ गरेको हो।

धिक्तलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गत महिनाको २५ गते उनकै घर ठेगानाबाट पक्राउ गरेको बताएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...