press
po

कैलालीको लम्कीका स्थानीयहरुले जलाए प्लाष्टिकको माला

cp new add
Nisharg hospital
dhanga
Rubic

४ कात्तिक, धनगढी । कैलालीको लम्कीमा स्थानीयले भारतबाट आयात गरिएको प्लाष्टिकको माला जलाएका छन ।

sanjiwan
Nisharg

प्लाष्टिकको माला अर्थतन्त्र, स्वास्थ्य र वातावरणका लागि घातक भएको भन्दै स्थानीयले माला जलाएका हुन् ।
तिहारमा प्लाष्टिकको मालाको अत्यधिक प्रयोग हुँदा स्थानीय पुष्प व्यवसायीले उत्पादन गरेको फूल बिक्री नहुने तर भारतबाट आयात गरेको लाखौको प्लाष्टिक र रसायनको माला निर्वाध बिक्री वितरण हुने गरेको भन्दै स्थानीयले आयात गरिएको माला जलाएको बताएका छन ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

प्लाष्टिकको मालामा हुने घातक रसायन स्वास्थ्य र वातावरणका लागि ठीक नभएको भन्दै घोडालाई लगाउने मालाको कारण नेपाली जैविक फूलको मालाले बजार नपाएको, भन्दै जलाइएको जिल्ला सम्वनय समिति कैलालीका पूर्व प्रमुख सूर्यबहादुर थापाले बताए ।

HAMRO DAIRY

सुदूरपश्चिमका धनगढी, महेन्द्रनगरलगायत बजारमा आयातित प्लाष्टिकजन्य फूलको मालाको बिक्री वितरण भइरहेको छ । व्यापारीहरूले कैलाली भन्सारबाट सजावटका सामान शिर्षकमा प्लाष्टिकजन्य फूलमाला निर्वाध आयात गरिरहेको पाइएको छ ।

कैलाली भन्सारका अधिकारीहरूले भने प्लाष्टिकजन्य फूलका माला आयातमा रोक लगाएको दाबी गरेका छन । तर धनगढीका व्यापारीले भने भन्सार तिरेर सामान आयात गरिरहेको बताएका छन ।

नेपाल सरकारले गत साउन १२ गते राजपत्रमा प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमारोक लगाउने सूचना प्रकाशन गरे पनि त्यसको कार्यान्वयन भने गरिएको छैन

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...