
५ कात्तिक, बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग ‘मर्निङ वाकमा निस्केका स्थानीय ५० वर्षीय सोलिराम थारूको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।
पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो छ ।

