
१३, कात्तिक, धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुरको क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभाका उम्मेदवार एनपी साउद सहभागी कार्यक्रममा विवाद भएको छ ।

शनिबार चुनावी प्रचारप्रसारका क्रममा जिल्लाको कृष्णपुर नगरपालिका–५ मा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा नेता साउद सहभागी भएका थिए । सोही कार्यक्रममा साउदलाई सहभागी गराइएको विषयमा विवाद भएको हो ।
चुनावका बेला मात्रै भोट माग्न आउने तर अरु बेला जनतालाई फर्केर नहेर्ने भएकाले नेता साउदलाई स्थानीयले कार्यक्रमबाटै लखेटेका थिए । नेता साउदले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विवाद सिर्जना भएपछि कार्यक्रम नै बिथोलिएको थियो ।
भिडियो हेर्नुस्
कृष्णपुर नगरपालिका–५ का वडाध्यक्ष टेक पाण्डेयले भने सामान्य विवाद भएपनि स्थानीयले साउदलाई नलखेटिएको दाबी गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमालेका कार्यकर्ताले विवाद गरेपछि केहीबेर माहोल बिग्रिएको उनको जिकिर छ ।
तर एमालेका कार्यकर्ताले भने वडाध्यक्षको दाबी जस्तो नभएको बतएका छन् । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य रोहित कुँवरले जनताले लखेटेको कुरालाई एमालेसँग जोड्नु हास्यासपद भएको बताए ।

