कांग्रेस नछाड्ने सुनिल भण्डारीको घोषणा

cp new add
Nisharg hospital

१६ कात्तिक, धनगढी । नेपाली कांग्रेस कैलालीका नेता सुनिल भण्डारीले पार्टीमै बसेर संघर्ष गर्ने बताएका छन् । धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता भण्डारीले पार्टीमा लामो समयदेखि संघर्ष गर्दै आइरहेपनि स्वच्छाचारी प्रवृत्तिले टिकट नपाएपनि कांग्रेस नछाड्ने घोषणा गरेका हुन् ।

Telecome

भण्डारीले जीवनको उत्तरार्धमा जनताको सेवा गर्ने भावना थियो भएपनि स्वच्छाचारी प्रवृत्तिले उम्मेदवारी आफ्नो पक्षमा आउन नसकेपछि पार्टीबाट अलग भएर बस्ने सोच आएको थियो तर स्वविवेकी निर्णयले अलग नहुने निर्णयमा पुगेको सुनाएका छन् । पछिल्लो समय पार्टीभित्र स्वच्छाचारी, नातावाद, हैकमवाद, गुटबन्दी फैलिएकाले त्यसकाविरुद्ध संघर्ष गर्ने उनले उदघोष गरेका छन् ।

उनले पार्टीमा आफूमाथि अन्याय भएपनि निर्णयविरुद्ध उभिन नसक्ने पनि उल्लेख गरेका छन् । आफू गठबन्धनको पक्षधर नभएको तर पार्टी निर्णयका कारणले चुनावी गठबन्धनलाई स्वीकार्न तयार भएको पनि भण्डारीको भनाई थियो ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका भण्डारी कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका थिए तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले डोटीका बिरबहादुर बलायरलाई टिकट दिएका थिए ।

उनी २०७४ सालको निर्वाचनमा नेकपा एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँग पराजीत भएका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...