press
po

निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा सुरू

cp new add
Nisharg hospital
dhanga
Rubic

१६ कात्तिक, बुटवल । मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरेर लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठक बुटवलमा सुरु भएको छ ।

sanjiwan
Nisharg
Nav

प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको वैठकको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’
स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेजस्तै आगामी निर्वाचन पनि सबैको सहयोगमा शान्तिपूर्ण हुने उनले बताए ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिवद्ध रहेको उल्लेख गरे ।

HAMRO DAIRY

सुरक्षा बैठकमा प्रदेशको सुरक्षा अवस्था र आगामी निर्वाचनबारे छलफल हुनेछ । बैठकमा निर्वाचन बहिष्कार गर्दै बिथोल्ने धम्की दिएको विप्लव समूह र विप्लवबाट फुटेर गएको नेकपा बहुमतको गतिविधि नियन्त्रणका विषयमा पनि छलफल हुने सुरक्षा स्रोतले बताएको छ ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...