कञ्चनपुरमा सर्पले टोकेर महिला गम्भीर घाइते प्रेसपत्र प्रकाशित २०८३ जेष्ठ १, शुक्रबार ०६:३१ धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ खल्ला ढैयाकी एक महिला सर्पले टोकेर गम्भीर घाइते भएकी छन्। शुक्रबार बिहान करिब ५ बजे आफ्नै घरको धाराबाट पानी ल्याउने क्रममा लिला लामिछानेलाई सर्पले दाहिने खुट्टाको पैतलामा टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। अस्पतालमा उनको उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ। घटनाका बेला उनकी छोरी सबिता लामिछाने पनि साथमा रहेकी थिइन्।