कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाल सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रमा गिरावट देखिएको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष कृषिको उत्पादन र वृद्धिदरमा गिरावट आएको सर्वेक्षणमा देखिएको छ ।

Nast Ad

सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको आर्थिक वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.०५ प्रतिशत रहेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.० प्रतिशत रहने सर्वेक्षणले औँल्याएको छ । राष्ट्रिय कृषि गणना २०७८ लाई आधार मान्दा नेपालका कुल घरधुरीमध्ये ६२ प्रतिशत घरधुरी अझै पनि कृषि कार्यमा संलग्न रहेका छन् ।

सरकारले सिँचाइ सुविधा विस्तारमा जोड दिए पनि अझै ठुलो हिस्सा बाँझो रहेको सर्वेक्षणले देखाएको छ। २०८२ फागुनसम्म कुल कृषि योग्य जमिनको ४४.६ प्रतिशत भागमा मात्र सिँचाइ पुगेको छ। यद्यपि, सिँचाइ योग्य भनिएको जमिनमध्ये ६२.६ प्रतिशतमा भने सुविधा पुगेको तथ्याङ्क छ।

पशुपालन र दूध–अण्डामा आत्मनिर्भर

बाली उत्पादनमा केही उतारचढाव आए पनि पशुपन्छी क्षेत्रमा भने प्रगति देखिएको छ । सर्वेक्षणअनुसार प्रति व्यक्ति दूधको उपलब्धता ९३ लिटर र अण्डाको उपलब्धता ५६ गोटा पुगेको छ । दूध, मासु र अण्डाको उत्पादनमा भएको वृद्धिले पोषण सुरक्षामा टेवा पुग्ने विश्वास गरिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...