कञ्चनपुरमा १३ लाखको अवैध सामानसहित भारतीय कार नियन्त्रणमा, चालक पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका १३ लाख ९७ हजार ७८० बराबरका सामानसहित एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पुनर्वास नगरपालिका–१ निवासी ५३ वर्षीय डम्मर चन्दलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार वाल फ्यान, सिलिङ फ्यान, एलईडी बल्ब, कलर लाइट लगायतका सामान तथा भारतीय नम्बर प्लेट (UK 04 N 2255) भएको टोयोटा कार बरामद गरिएको छ।

बरामद सामान, सवारी साधन र पक्राउ परेका चन्दलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...