माइतीघरमा उद्योगी व्यवसायीहरुको प्रदर्शन

cp new add
Nisharg hospital

१८ कात्तिक, काठमाडौं । उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन ।

Nast Ad

काठमाडौं उद्योग वाणिज्य संघ तथा काठ क्षेत्रका उद्योग नगर संघको आयोजनामा माइतीघरमा बैंक तथा वित्तीय संस्थाबाट पीडित भएको भन्दै मौन प्रर्दशन गरिएको हो । प्रदर्शनमा नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष पनि सहभागी भएका छन् ।

बैंकले ब्याजदर प्रिमियम,चालु पूँजी निर्देशिका लगायतका नीतिको उनीहरुले विरोध गरेका छन । व्यवसायीले मुख्य ५ वटा माग अगाडि सार्दै माइतीघरमा मौन प्रद्धर्शन गरेका हुन । निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १÷२ प्रतिशत मात्र थप गरी लिन पाइने गरी लगानी योग्य पूँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग राख्दै प्रद्धर्शन गरेका छन ।

त्यस्तै बैंकहरुको खर्च न्यून गरी स्प्रेड दर ३ भित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने माग उद्योगी व्यवसाियीले राखेका छन् ।

बैंकहरुले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्नुपर्ने, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकीरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्म लाई नियमित मानेर लिलाम गर्ने प्रक्रिया लाई हाल स्थगित गर्नुपर्ने माग उनीहरुको रहेको छ । त्यस्तै हालको बाह्य र आन्तरीक कारणको असहज समय उपयुक्त नभएकोले चालु पूँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने उनीहरुको माग छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...